इङ्ल्यान्डले जित्याे आयरल्यान्डसँगकाे एकदिवसीय शृङ्खला
असोज ९, २०८० मंगलबार
पाँचथर – पाँचथरको याङ्वरक गाउँपालिकाको च्याङ्थापुमा भारतको सिक्किमबाट घुम्न आएका एक पर्यटकको लडेर ज्यान गएकाे छ ।
च्याङ्थापु बजार नजिकै भिरबाट लडेर सिक्किमका केशव गुरुङको ज्यान गएकाे हाे ।
पाँच जनाको टोली गए राति समयमा हिँड्दै च्याङ्थापु बजारतर्फ आउँदै गर्दा गुरुङको भिरबाट लडेर ज्यान गएकाे पाँचथरका प्रहरी प्रमुख डीएसपी हरि खतिवडाले जानकारी दिनुभयो ।
गुरुङको शव र सिक्किमका अन्य चार जना पर्यटकलाई सदरमुकाम फिदिम ल्याइएकाे डीएसपी खतिवडाले वताउनुभयो ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।