हेटौँडाको चुरियामाईमा बाघको आक्रमणबाट २ जना घाइते

 बैशाख ६, २०८० बुधबार १३:१७:१ | हरि हुमागाईं
unn.prixa.net

फाइल फाेटाे

मकवानपुर – मकवानपुरकाे हेटाैँडा उपमहानगरपालिकामा बाघकाे आक्रमणबाट दुई जना घाइते भएका छन् ।

हेटाैँडा–१४ काे चुरियामाई सामुदायिक वनमा बाख्रा चराउन गएका ६५ वर्षीय कृष्णबहादुर थिङ र १७ वर्षीय सुमन घलान बाघकाे आक्रमणबाट घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयाे ।

बाघको आक्रमणबाट घाइते थिङको घाँटीमा गहिरो चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । थिङको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते घलानको दाहिने कुम, ढाडको बायाँ भाग र छातीमा बाघले टोकेको र अवस्था मध्यम रहेको छ । घलानको पनि हेटौँडा अस्पतालमै उपचार भइरहेको छ ।

मकवानपुरमा फेरि बाघको आक्रमण बढ्न थालेको छ । यसअघि पनि हेटौँडाको हर्नामाडीमा बाघको आक्रमणबाट एक जना घाइते भएका थिए ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया