रुकुम पश्चिमकाे मुसिकोटमा जङ्गलमा लुकाएर राखेकाे भरुवा बन्दुक बरामद

 बैशाख ७, २०८० बिहिबार १२:३०:५६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिमको मुसिकोट नगरपालिका–८ मा रहेको घोरखानीबाट तीन थान भरुवा बन्दुक बरामद गरिएको छ । जङ्गलको ओडारमा लुकाएर राखेको बन्दुक प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुकुमार श्रेष्ठका अनुसार एक नाल र दुई वटा खाली भरुवा बन्दुक भेटिएको हो । भरुवा बन्दुक सिकार खेल्नको लागि ओडारमा राखेको हुन सक्ने आशङ्का गरिएको छ ।

यसअघि गएको फागुन १४ गते पनि जङ्गलमा चार नाल भरुवा बन्दुक भेटिएको थियो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया