गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

 बैशाख ९, २०८० शनिबार १२:४३:३७ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै हुनुहुन्छ। गएकाे चैत १० गते माओवादीले अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उहाँले आज विश्वासको मत लिन लाग्नुभएकाे हाे । 

विश्वासको मत लिनका लागि आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकारमा बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यक पर्दछ । तर अधिकारीले विश्वासको मत नपाउने निश्चित छ । अधिकारीको पक्षमा नेकपा एमालेका २२ र राप्रपाका दुई सांसद मात्रै छन् । माओवादीका ८ जना संसदले समर्थन फिर्ता लिए पछि अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद रहेका छन् । अधिकारी पुष २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे । अधिकारीले विश्वासको मत नपाएमा केन्द्र सरकार जस्तै गण्डकीमा पनि नेपाली कांग्रेस, माओवादी मिलेर सरकार बनाउने छन् । 

अन्तिम अपडेट: चैत ६, २०८०

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया