पाँचथरमा चट्याङ लागेर ५४ वटा भेडा मरे

 बैशाख १६, २०८० शनिबार १६:३९:१९ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरको फालेलुङ गाउँपालिका–३ मा  चटयाङ लागेर एउटै फर्मका  ५४ वटा भेडा मरेका छन् ।

चट्याङ लागेर स्थानीय सन्तवीर राइ, कुमार राई, प्रकाश राई, टेकबहादुर गुरुङले सञ्चालन गरेकाे  फर्मका ५४ वटा भेडा मरेका हुन् । चटयाङले १२ वटा भेडा घाइते भएका छन् । भेडा फर्मको स्याहार सुसारमा जुटेका याङ्बरक–३ निवासी प्रेम राई सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

राईलाई शरीरमा बाहिरी चोट नदेखिए पनि शरीरको दाहिने पाटो नचल्ने र बोल्न नसक्ने अवस्थामा फेला पारी उपचारका लागि फालेलुङ स्वास्थ्य चौकी पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाले जानकारी दिनुभयो । भेडा मर्दा किसानलाई १५ लाखभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया