इङ्ल्यान्डले जित्याे आयरल्यान्डसँगकाे एकदिवसीय शृङ्खला
असोज ९, २०८० मंगलबार
पाँचथर – पाँचथरमा ट्र्याक्टरबाट खसेर विद्यालय गइरहेका दुई विद्यार्थी (दिदीबहिनीको) ज्यान गएकाे छ । आज बुधवार मेची राजमार्गअन्तर्गत पाँचथरकाे हिलिहाङ गाउँपालिका–७ भारपाको साम्मेवा भन्ने ठाउँमा मे १ त २९६१ नम्बरको ट्र्याक्टरबाट खसेर दिदीबहिनीकाे ज्यान गएकाे हाे ।
ट्र्याक्टरबाट खसेर स्थानीय कमल सुवेदीका छोरीहरू १२ वर्षीया पुजना र १० वर्षीया गंगाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनीहरू दुवै जना स्थानीय जयभवानी माविमा कक्षा ८ र ४ मा अध्ययनरत थिए ।
चालक सिटको छेउमा रहेका उनीहरू ट्र्याक्टरबाट खसेपछि ट्र्याक्टरले किचेर ज्यान गएकाे प्रहरीले जनाएको छ । दुई विद्यार्थीको ज्यान गएपछि चालकले ट्र्याक्टर छाडेर अन्य दुई जना विद्यार्थी घाइते भएका छन् । घाइतेहरूकाे पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुवँरले जानकारी दिनुभयो ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।