रुकुम पश्चिममा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो, दुई जना घाइते

 जेठ ५, २०८० शुक्रबार १०:१०:४० | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिममा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । दुई जना घाइते भएका छन् ।

हिजाे बेलुका सानीभेरी गाउँपालिका–९ हाँसीबाङकाे खारखोलामा रा १ त ३७९० नम्बरकाे ट्र्याक्टर दुर्घटना हुँदा मुसिकोट नगरपालिका-१४ का १८ वर्षीय हेमराज ओलीको ज्यान गएकाे हाे । दुर्घटनामा मुसिकोट नगरपालिका-१४ का चन्द्रबहादुर खड्का र सानीभेरी गाउँपालिका-११ का शेरबहादुर परियार घाइते भएका छन् । 

घाइते दुवैजनाकाे चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेकाे छ । घाइतेमध्ये खड्काको अवस्था गम्भीर रहेकाले थप उपचारको लागि हेलिकप्टरमार्फत् अन्यत्र लैजाने तयारी भइरहेकाे प्रहरीले जनाएकाे छ ।  

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया