देशलाई काठमा आत्मनिर्भर बनाइने

 जेठ ५, २०८० शुक्रबार १७:३२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सरकारले देशलाई काठमा आत्मनिर्भर बनाउने बताएको छ । 

शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वनको उचित व्यवस्थापन गरी मुलुकलाई काठमा आत्मनिर्भर बनाइने बताउनुभएको हो ।

उहाँले वन पैदावारमा आधारित उद्योग सञ्चालन गर्न प्रोत्साहन गरिने र काठ तथा अन्य वन, पैदावारको आयातलाई निरुत्साहित गरिने नीति रहेको स्पष्ट पार्नुभयो।

ढलापडा रुखहरु आवश्यक प्रक्रिया पूरा गरी आउँदा दिनमा बिक्री वितरण गरिने र सम्भाव्य वन क्षेत्रमा कृषि तथा फलफूल उत्पादन प्रवर्द्धन गर्न एकीकृत कार्यक्रम सञ्चालन ल्याइने पनि नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

कृषि वन कार्यक्रम सञ्चालन गर्ने, जडीबुटी खेतीको अनुसन्धान, व्यवसायिक उत्पादन, बिस्तार, प्रशोधन र बजारीकरणलाई प्रोत्साहन गरिने पनि सरकारको नीति तथा कार्यक्रम छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया