नेपाल एअरलाइन्सले ११ हजार ४ सय रुपैयाँमै मलेसिया–भैरहवा उडाउने

 जेठ १०, २०८० बुधबार १३:२४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्सले) मलेसियाबाट भैरहवा उडानका लागि प्रवर्द्धनात्मक भाडा घटाएकाे छ । निगमले मलेसिया–भैरहवा उडानका लागि ११ हजार चार सय ६१ रुपैयाँ भाडादर कायम गरेकाे छ । यसअघि निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर १२ हजार सात सय रुपैयाँ ताेकेकाे थियाे ।

यस्तै निगमले मलेसिया–भैरहवा–काठमाण्डौ उडानकाे प्रवर्द्धनात्मक भाडादर पनि घटाएकाे छ । यसअघि निगमले यस उडानकाे भाडादर १४ हजार सात सय २० रुपैयाँ कायम गरेकाेमा घटाएर १२ हजार तीन सय ४६ रुपैयाँ कायम गरेकाे छ ।

निगमले यही जेठ २९ गतेदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्दैछ । भैरहवाबाट अहिले निगमले हप्ताको एक उडानबाट सुरु गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार अन्य गन्तव्यमा समेत उडान गर्नेछ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तदारुकताका साथ गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान सुरु गर्ने निर्णय गरेको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया