काभा महिला भलिबल : नेपाललाई हराउँदै भारत समूह विजेता

 जेठ १०, २०८० बुधबार १७:४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाललाई हराउँदै भारत समूह 'ए' काे विजेता बनेकाे छ ।

आज बुधवार त्रिपुरेश्वरकाे कभर्ड हलमा भएकाे समूह चरणकाे अन्तिम खेलमा नेपाल भारतसँग ३–१ पराजित भयाे । भारतले पहिलाे सेट २५–१२ र दाेस्राे सेट २६–२४ ले जित्याे । तेस्राे सेट नेपालले २५–२१ ले जिते पनि चाैथाे सेट फेरि भारतले २५–२१ ले जित्याे ।

याे जितसँगै भारतले ३ खेलमा ९ अङ्क जाेडेकाे छ । उपविजेता बनेकाे नेपालकाे उति नै खेलमा ६ अङ्क छ । नेपाल र भारत यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।

अब समूह 'ए' को उपविजेता बनेको नेपालले पर्सि शुक्रवार हुने सेमिफाइनलमा समूह 'बी' को विजेता काजकिस्तानसँग खेल्नेछ । यस्तै समूह 'ए' को विजेता बनेकाे भारतले सेमिफाइनलमा समूह 'बी' को उपविजेता उज्वेकिस्तानसँग खेल्नेछ । 

प्रतियोगितामा ८ टोली सहभागी छन् । समूह 'ए' मा घरेलु टोली नेपालसहित भारत, बङ्गलादेश र किर्गिस्तान छन् । त्यस्तै समूह 'बी' मा श्रीलङ्का, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया