रुसका प्रधानमन्त्री मिशुस्टिन चीन भ्रमणमा : राष्ट्रपति सी र समकक्षी लीसँग उच्चस्तरीय भेटवार्ता

 जेठ ११, २०८० बिहिबार ६:३०:१२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – रुसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ ।

चीनको औपचारिक भ्रमणमा रहेका रुसी प्रधानमन्त्री मिशुस्टिनले चिनियाँ राष्ट्रपति र समकक्षी ली छ्याङसँग बेइजिङमा बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

रुसले युक्रेनमा अघिल्लो वर्ष फेब्रुअरीदेखि आक्रमण थालेपछि मस्कोबाट बेइजिङमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

पश्चिमा देशले रुसलाई लगाएको प्रतिबन्धलाई जवाफ दिन र चीनसँगको सहकार्य तथा साझेदारी बढाउन यो भ्रमणलाई महत्वपूर्ण मानिएको छ ।

पारस्परिक सहायता अभिवृद्धिसम्बन्धी सम्झौतामा दुवै देशका अधिकारीले हस्ताक्षर समेत गरेका छन्।

जापानमा हालै सम्पन्न जी–सेभेनको बैठकले युक्रेनबाट आफ्नो सेना फिर्ता गर्न रूसलाई दबाब दिन चीनलाई आग्रहसमेत गरेको थियो ।

रूस र चीनबीचको सम्बन्ध उच्चस्तरमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री मिशुस्टिनले आपसी एकताबाटै कठिनभन्दा कठिन कार्य सफलतापूर्वक सम्पन्न गर्न सकिने बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया