पाेखराकाे रत्नमन्दिर दरबार सर्वसाधारणका लागि खुला
जेठ १५, २०८० सोमबार
काठमाण्डाै - आईएमई पे ले ‘रु १ मा के, सामसुङ इन आईएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ ।
हिजाेदेखि सुरु भएकाे याे अफर आउँदाे ७ गतेसम्म चल्ने कम्पनीले जनाएकाे छ । अफरमा आईएमई पे का सम्पूर्ण प्रयोगकर्ताहरूले मात्रै १ रुपैयाँमा याे खेल खेलेर सामसुङको ग्यालेक्सी ए-१४ ५जी स्मार्टफोन जित्न सक्नेछन् ।
प्रयोगकर्ताहरुले यो खेल आईएमई पे एपको होमपेजमा 'रु १ मा के ' ब्यानरमा गएर खेल्न सक्ने कम्पनीले जनाएकाे छ । याे एक हप्ते अफरमा प्रयोगकर्ताहरुले पटक पटक एक रुपैयाँ तिरेर याे खेल खेल्न पाउने छन् ।
कम्पनीका अनुसार अफरको अन्त्यमा एक जना भाग्यशाली विजेताकाे घाेषणा आईएमई पेको सामाजिक सन्जालमार्फत् हुनेछ । साथै अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीहरूको पैसा फिर्ता पनि गरिने कम्पनीले जनाएकाे छ।