रेशम चौधरीको बाँकी कैद माफी गर्न सरकारले प्रक्रिया अघि बढायो

 जेठ ११, २०८० बिहिबार १९:१६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीको बाँकी कैद माफी गर्न सरकारले प्रक्रिया अघि बढाएको छ ।

रेशम चौधरीलाई जन्मकैदको फैसला हुने जिल्ला अदालतको फैसला सर्वोच्च अदालतले सदर गरेको केहीदिनमै सरकारले कैद माफी गर्ने प्रक्रिया अघि बढाएको हो । यही जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिनेगरी सरकारले फाइल तयार गरेको स्रोतले जनाएको छ ।

सजाय माफी माग गरिएको चौधरीको निवेदन गृह मन्त्रालयमार्फत् राष्ट्रपति कार्यालय पुगेको छ । चौधरीको बाँकी कैद सजाय माफीको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोलीले हिजै राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गरेको छ ।

चौधरीले कानुन अनुसार कैद भुक्तान गरिसकेकाले उनलाई माफी दिँदा संविधान र कानुन विपरीत नहुने सरकारको जिकिर छ । चौधरीलाई जन्मकैद हुने सर्वोच्चको पूर्णपाठ नआइसकेकाले आममाफी दिनको लागि राष्ट्रपति कार्यालय भने अन्योलमा रहेको छ ।

कैलालीको टीकापुरमा २०७२ सालको भदौमा ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको ज्यान जाने गरी भएको घटनामा रेशम चौधरी संलग्न रहेको सर्वोच्चको ठहर छ । चौधरी २०७४ सालदेखि जेलमा छन् । जन्मकैदको सजायअनुसार चौधरीले २० वर्ष कैद भुक्तान गर्नुपर्नेछ । चौधरी जेलमा रहे पनि उहाँकै सक्रियतामा खुलेको नागरिक उन्मुक्ति पार्टीले सङ्घीय संसद्ले ३ सिट जितेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

1 Comments

  • मधु कुमार निरञ्जन

    May 25, 2023, 9:54 p.m.

    यो सरकारले त केही गर्छ कि भन्ने आशा लागेको थियो तर त्यो आशालाई निराशामा परिणत गर्दै छ सरकार 😡 अपराधीलाई माफी दिने ! थुक्क यो देशको कानुन 😥😥 सरकारले आफ्नो सत्ता जोगाउन जस्तो सुकै निर्णय गर्न पाउने , कठै मेरो नेपाल

  •  0 Reply

तपाईको प्रतिक्रिया