आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

 जेठ १२, २०८० शुक्रबार ७:१५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक/ दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो ।

विगत २४ घण्टामा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो भने गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी परेको थियो । गण्डकी प्रदेशका एक/दुई ठाउँमा अहिले पनि पानी परिरहेको छ । अन्य प्रदेशमा भने अहिले बिहानको मौसम आंशिकदेखि समान्य बदली छ । पानी परेको छैन । धेरैजसो ठाउँमा घाम लागेको छ ।

तर, दिउँसोको समयमा मौसम बदली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद् अधिकारीले बताउनुभयो । उहाँका अनुसार काठमाण्डौ उपत्यकामा पनि पानी पर्ने सम्भावना छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव कायमै रहेकाले दिउँसो पानी पर्ने मौसमविद्ले बताएका हुन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया