इङ्ल्यान्डले जित्याे आयरल्यान्डसँगकाे एकदिवसीय शृङ्खला
असोज ९, २०८० मंगलबार
काठमाण्डाै - चरा ठोक्किएको आशङ्कामा फर्किएको नेपाल एअरलाइन्सको जहाजका यात्रुहरुलाई आजै गन्तव्यमा पठाउने तयारी भइरहेको छ ।
फर्किएको जहाजको प्राविधिक परीक्षण गर्नुपर्ने भएकाले अर्को जहाजबाट आजै यात्रुहरुलाई बेङ्लाेर पठाउन लागिएको त्रिभुवन विमानस्थल एअर ट्राफिक कन्ट्रोल रुमले जनाएको छ।
१ सय ५४ जना यात्रु बोकेको नेपाल वायुसेवा निगमको आरए–२२५ जहाज उडेको ६ मिनेटमै दिउँसो २ बजेर २२ मिनेटमा विमानस्थलमै अवतरण गरेको थियो।
भारतको बेङ्लाेरका लागि उडेको जहाजमा चरा ठोक्किएको आशङ्का गरिएको र जहाजमा कुनै पनि क्षति नभएको त्रिभुवन विमानस्थल एअर ट्राफिक कन्ट्रोल रुमले उज्यालोलाई जानकारी दिएको छ ।