मिस नेपाल-२०२३ काे उपाधि श्रीच्छा प्रधानलाई

 जेठ १३, २०८० शनिबार १९:५४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - 'मिस नेपाल वर्ल्ड-२०२३’ को उपाधि श्रीच्छा प्रधानले जितेकी छिन् ।

ललितपुरको गोदावरीमा शनिवार आज भएकाे फाइनलमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रधानले मिस नेपालको उपाधि जितेकी हुन् । २३ वर्षीया श्रीच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितेकी छिन् ।

उनलाई पूर्व मिस नेपाल प्रियंका रानी जोशीले ताज पहिर्याएकी हुन् ।

यस्तै, प्रसिद्धि शाहले मिस नेपाल इन्टरनेशनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जितेका छन्। २४ जना सुन्दरीले मिस नेपाल वर्ल्ड-२०२३ काे उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया