शेयर बजार १७ अङ्कले घट्यो, कारोबार रकम भने बढेर २ अर्ब ६३ करोड रुपैयाँ

 जेठ १४, २०८० आइतबार १५:१७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १७ दशमलव ३८ अङ्कले घटेर एक हजार नौ सय ४१ दशमलव ७४ विन्दुमा झरेको छ ।

आज उत्पादन र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकम भने बढेको छ । दुई सय ७० वटा कम्पनीकाे ७० लाख ५० हजार कित्ता शेयर दुई अर्ब ६३ करोड ९६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको २१ करोड ७९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज हिमालयन ऊर्जा विकास कम्पनीको शेयर सबैभन्दा धेरै साढे छ प्रतिशत तथा न्यादी हाइड्रो र नयाँ साथी लघुवित्त कम्पनीको शेयर पाँच प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै युनियन इन्सुरेन्स कम्पनी र आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया