भारतले जित्याे काभा महिला भलिबलकाे उपाधि

 जेठ १४, २०८० आइतबार १७:३१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपकाे उपाधि भारतले जितेकाे छ । आज आइतवार त्रिपुरेश्वरकाे कभर्ड हलमा भएकाे फाइनलमा काजकिस्तानलाई हराउँदै भारतले उपाधि जितेकाे हाे । 

भारतले काजकिस्तानलाई ३–० काे साेझाे सेटमा हरायाे । भारतले पहिलाे सेट २५–१५, दाेस्राे सेट २५–२२ र तेस्राे सेट २५–१८ ले जित्याे । याेसँगै भारतले अपराजित रहँदै प्रतियाेगिता सकेकाे छ । भारत उज्बेकिस्तानलाई हराउँदै फाइनलमा पुगेकाे हाे भने काजकिस्तान नेपाललाई हराउँदै फाइनलमा पुगेकाे हाे ।

प्रतियाेगितामा काजकिस्तान उपविजेता बन्दा, नेपाल तेस्राे, उज्बेकिस्तान चाैथाे, श्रीलङ्का पाँचौँ, किर्गिस्तान छैटौँ, माल्दिभ्स सातौँ र बङ्गलादेश आठौँ भएका छन् । प्रतियाेगिता राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएकाे हाे । प्रतियाेगितामा सहभागी देशलाई दुई वटा समूहमा विभाजन गरिएकाे थियाे । समूह 'ए' मा नेपाल, भारत, किर्गिस्तान र बङ्गलादेश रहेका थिए भने समूह 'बी' मा माल्दिभ्स, श्रीलङ्का, उज्बेकिस्तान र काजकिस्तान थिए ।

अन्तिम अपडेट: चैत १४, २०८०

1 Comments

  • Tejbahadur Shrestha

    May 28, 2023, 5:44 p.m.

    O नो

  •  0 Reply

तपाईको प्रतिक्रिया