कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले थ्री स्टार क्लबलाई हराएको छ ।
आज आइतवार एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मनाङले थ्री स्टारलाई १–० गोलले हरायो । मनाङका चेतन थारुले ३८ औँ मिनेटमा गोल गरे । मनाङले सात वटा खेल बराबरी गरेपछि बल्ल आज जित निकालेर ३ अङ्क ल्याउन सफल भएको छ । जितपछि मनाङ २८ अङ्कसहित तालिकाकाे दशाैँ स्थानमा र थ्री स्टार २६ अङ्कसहित ११ औँ स्थानमा छ ।
आजै ललितपुरको च्यासल मैदानमा भएको खेलमा न्युरोड टिम (एनआरटी) ले सातदोबाटो युथ क्लबलाई २–१ गोलले हरायो । एनआरटीका लागि निकोलस सङ र सनम लिम्बुले गोल गरे । सातदोबाटोका शिव सुवेदीले गाेल गरे । जितसँगै एनआरटी २९ अङ्कसहित आठौँ स्थानमा उक्लिएको छ । सातदोबाटो २९ अङ्कसहित छैटाैँ स्थानमा छ ।
१४ टोली सहभागी 'ए' डिभिजन लिगको पुछारका दुई वटा टोली 'रेलिगेशन जाेन' मा परेर 'बी' डिभिजनमा घटुवा हुनेछन् ।