वर्षाका कारण रोकिएको आईपीएल क्रिकेटको फाइनल खेल आज

 जेठ १५, २०८० सोमबार ६:३८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वर्षाको कारण हिजो रोकिएको इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनल खेल आज हुँदैछ ।

फाइनलमा बेलुका पौने ८ बजे गुजरात टाइटन्स र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् । गएको वर्ष पहिलो पटक आईपीएल खेलेको गुजरातले पहिलो वर्ष नै उपाधि जितेको थियो । 
चार पटकको विजेता चेन्नईले आईपीएलमा फाइनल खेल्न लागेको यो दशाैँ पल्ट हो ।

गुजरात शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेका थिए । तर पहिलो क्वालिफायरमा चेन्नई गुजरातलाई १५ रनले हराउँदै फाइनलमा पुग्यो । गुजरातले शुक्रवार भएको दोस्रो क्वालिफायर खेलमा पाँच पटकको च्याम्पियन मुम्बईलाई ६२ रनले हराउँदै फाइनलमा चेन्नईसँगको भेट पक्का गरेको हो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया