कांग्रेसको विरोधका कारण कर्णाली प्रदेशको प्रदेशसभा बैठक प्रभावित

 जेठ २५, २०७५ शुक्रबार १६:२१:३६ | उज्यालो सहकर्मी

सुर्खेत – नेपाली कांग्रेसको विरोधका कारण कर्णाली प्रदेशको प्रदेशसभा बैठक प्रभावित भएको छ ।

शुक्रबारको प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सूची थियो । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चालु आर्थिक वर्षको लागि ल्याइएको बजेटको रातो किताब तत्काल उपलब्ध गराउनु पर्ने र कर्णाली रारा पर्यटन वर्षको खर्च सार्वजनिक नगरेसम्म संसद चल्न नदिने भन्दै अवरोध गरेको छ ।

जसका कारण पूर्वनिर्धारित कार्यसूचीअनुसार आज कर्णाली प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत नहुने भएको छ । सत्ता पक्ष र प्रतिपक्षबीच भएको छलफलमा नेपाली कांग्रेसका सांसदहरुले राखेका मागको विषयमा आजको बैठकमा सरकारले जवाफ दिने भएपछि संसद् बैठक भने अहिले सुरु भएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया