कलङ्कीमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गयो

 जेठ १५, २०८० सोमबार ७:४८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौको कलङ्कीमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

हिजो दिउँसो कलङ्की चोकमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख २९४१ नम्बरको ट्रकले बाग्मती प्रदेशको ०२–००४ प ४७०३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि बस्ने तनहुँ घर भइ चन्द्रागिरि नगरपालिका–१४ नैकाप बस्ने ६४ वर्षीया सन्तु माया राउतको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकी राउतको उपचारको क्रममा वीर अस्पतालमा ज्यान गएको हो । दुर्घटनामा घाइते भएकी स्कुटर चालकको शहीद मेमोरियल अस्पताल कलङ्कीमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया