गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्डद्वारा तरकारी खेतीको शुभारम्भ

 जेठ १५, २०८० सोमबार ९:३५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले निवास परिसरमा रहेको करेसाबारीमा बिहान काउली, काँक्रो, घिरौला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भान्टा, धनीयाँ लगायतका बिउ र बेर्ना रोप्नुभएको हो । उहाँले अर्थतन्त्रको मुख्य मेरूदण्ड कृषि भएको भन्दै यसलाई व्यवस्थित गर्न आफूले जोड दिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ । कृषि उत्पादनमा सम्पूर्ण तागत केन्द्रित नगरि राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिँदैन।’ तरकारी खेती शुभारम्भ कार्यक्रमका लागि डिक फर नेपालका स्वयम्सेवकहरुको सहभागिता रहेको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया