प्रधानमन्त्री ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सि बीच भेटवार्ता (तस्...
असोज ६, २०८० शनिबार
काठमाण्डाै – मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली महिला क्रिकेट टाेली पराजित भएको छ । मलेसियाको वाइएसडी यूकेएम ओभल क्रिकेट मैदानमा आज साेमवार भएको खेलमा नेपाल मलेसियासँग ५ विकेले पराजित भयाे ।
नेपाली महिला टोलीले पहिलो पटक मलेसियासँग हार बेहाेरेकाे हो । यसअघि मलेसियासँग भएका तीन वटा टी–२० अन्तर्राष्ट्रियमा नेपाल अपराजित रहेको थियो ।
आज नेपालले दिएको ५१ रनको लक्ष्य मलेसियाले १३ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायाे । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १६ ओभर ५ बलमा ५० रन बनाउँदै अलआउट भयो ।
नेपालले अब मलेसियासँग दोस्रो खेल भोलि मङ्गलवार खेल्ने छ । यस्तै आउँदो बिहीवार तेस्रो, शनिवार चौथो र आइतवार पाँचौँ तथा अन्तिम खेल खेल्ने छ ।