गुणस्तर कार्यालयका पूर्वअधिकृतविरुद्ध साढे ४ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा

 जेठ १६, २०८० मंगलबार १८:५३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गुणस्तर तथा नापतौल कार्यालयका पूर्वअधिकृतविरुद्ध साढे चार करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । 

पर्साका तत्कालीन वरिष्ठ गुणस्तर अधिकृत शशीभूषण कुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मङ्गलवार विशेष अदालतमा साढे चार करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो । यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा चार करोड ४७ लाख ३४ हजार रुपैयाँ बिगो र त्यति नै जरिबाना तथा कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताउनुभयो । 

सार्वजनिक पदमा रहँदा यादवले पदकाे दुरुपयाेग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारले अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया