सातदाेबाटाेलाई हराउँदै मच्छिन्द्र दाेस्राे स्थानमा उक्लियाे, थ्री स्टार र सङ्कटाले अङ्क बाँडे

 जेठ १७, २०८० बुधबार १७:४१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिगमा मच्छिन्द्र फुटबल क्लबले सातदाेबाटाे युथ क्लबलाई हराएकाे छ । 

ललितपुरकाे एन्फा कम्प्लेक्समा भएकाे खेलमा मच्छिन्द्रले सातदाेबाटाेलाई ३–१ गाेलले हरायाे । मच्छिन्द्रका लागि आफिज ओलावाले ह्याट्रिक गरे । सातदाेबाटाेका जाेर्डन पुन मगरले १ गाेल गरे । 

याे जितसँगै मच्छिन्द्र अङ्क तालिकाकाे दाेस्राे स्थानमा उक्लिएकाे छ । २३ खेल खेलेकाे मच्छिन्द्रकाे ३९ अङ्क छ । सातदाेबाटाे २९ अङ्कसहित साताैँ स्थानमा छ । 

आजै ललितपुरकाे च्यासल मैदानमा भएकाे खेलमा थ्री स्टार क्लब र सङ्कटा क्लबले गाेलरहित बराबरी खेलेका छन् । बराबरी खेल्दा दुवै टाेलीले १–१ अङ्क बाँडेका छन् ।

थ्री स्टार २७ अङ्कसहित ११ औँ स्थानमा छ । सङ्कटा उति नै अङ्कसहित १२ औँ स्थानमा छ ।

१४ टोली सहभागि ‘ए’ डिभिजन लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया