तीन वटा क्लबलाई एएफसीको क्लब लाइसेन्स प्राप्त

 जेठ १८, २०८० बिहिबार ६:१६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ‘ए’ डिभिजनका तीन वटा क्लबले एसियाली फुटबल महासंघ (एएफसी) को क्लब लाइसेन्स प्राप्त गरेका छन् ।

एएफसीको क्लब लाइसेन्स प्राप्त गर्नेमा मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफ फुटबल क्लब रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

यी क्लबले अघिल्लो सिजन पनि क्लब लाइसेन्स पाएका थिए ।

क्लब लाइसेन्स प्राप्त गर्ने क्लबहरुले सन् २०२३/२४ मा एएफसीले आयोजना गर्ने क्लबस्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया