रोमालाई हराउँदै सेभिया युरोपा लिग च्याम्पियन

 जेठ १८, २०८० बिहिबार ७:५६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – स्पेनिस क्लब सेभिया यो सिजनको युरोपा लिग च्याम्पियन बनेको छ ।

इटालियन क्लब रोमालाई टाइब्रेकरमा ४–१ गोलले हराउँदै सेभियाले उपाधि जितेको हो । योसहित सेभिया सातौँ पटक च्याम्पियन बन्यो ।

हंगेरीमा गएराति भएको खेल निर्धारित समयमा १–१ गोलको बराबरी भएको थियो । अतिरिक्त समयमा पनि थप गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । 

टाइब्रेकरमा सेभियाका लुकास ओकम्पास, एरिक लमेला, इभान राकिटिच र गोन्जालो मोन्टिएलले गोल गरे ।

रोमाका ब्रायन क्रिस्टान्टेले गोल गर्दा जियान लुका मान्सिनी र रोजर इवानेजले गोल गर्न सकेनन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया