खप्तड–शैलेश्वरी हाई अल्टिच्युड म्याराथनको उपाधि आर्मीका खडकलाई

 जेठ १८, २०८० बिहिबार ९:३०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – खप्तड–शैलेश्वरी हाइअल्टिच्युड म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका खडकबहादुर खड्काले जितेका छन् ।

सुदूरपश्चिम खेलकुद परिषद्सँगै डोटी उद्योग वाणिज्य संघको आयोजना र तथा नेपाली सेनाको भैरवप्रसाद गणको व्यवस्थापनमा भएको खप्तड–शैलेश्वरी म्याराथनको दोस्रो संस्करणको उपाधि आर्मीका खड्काले जितेका हुन् ।

खप्तडको ३ हजार ३ सय फिट उचाईबाट सुरु म्याराथनको निर्धारित साढे ४२ किलोमिटरको दुरी खड्काले २ घण्टा ३७ मिनेट ४६ सेकेन्डमा पार गरे ।

पदमार्गमा भएको म्याराथनमा पहिलोपल्ट सहभागी जाजरकोटका खड्काले एक लाख २५ हजार रुपैयाँ पुरस्कार पाए । त्रिभुवन आर्मीकै नरेन्द्रसिहं रावत दोस्रो भए । नरेन्द्रले ८० हजार रुपैयाँ पुरस्कार पाए । तेस्रो भएका जुम्लाका कर्णाली स्पोर्ट्स क्लबका वीरेन्द्र पाण्डेयले ५० हजार  रुपैयाँ पुरस्कार पाए ।

खप्तड–शैलेश्वरी म्याराथनमा विदेशी सहित ४८ धावकले प्रतिस्पधा गरेका सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य झलक शाहले जानकारी दिनुभयो ।

यस्तै, महिला हाफ म्याराथनमा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने विजयी भएकी छन । उनले १ घण्टा १४ मिनेट १८ सेकेन्डमा निर्धारित २१ दशमलव ५ किलोमिटर दुरी पार गर्दै ५० हजार रुपैयाँ जितिन ।

पुलिस क्लबकी रेखा विष्ट दोस्रो भइन् । उनले ३० हजार रुपैयाँ र तेस्रो भएकी भैरवप्रसाद गणकी सुन्तला कडायतले २० हजार रुपैयाँ प्राप्त गरिन् ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया