तस्बिरमा प्रधानमन्त्री प्रचण्डकाे भारत भ्रमण

 जेठ १८, २०८० बिहिबार २०:३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले भारत भ्रमणमा हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड चार दिने भ्रमणका क्रममा हिजो बुधवार भारतको नयाँ दिल्ली पुग्नुभएको हो ।

भ्रमणमा उहाँले  भारतका राष्ट्रपति द्रौपदी मुर्मू, भारतीय समकक्षी नरेन्द्र मोदी, भारतका उपराष्ट्रपति जगदीप धनखडलगायत उच्च पदस्थ व्यक्तिसँग भेटवार्ता गर्नु भएकाे छ । 

भारत भ्रमणका क्रममा विद्युत् विस्तार, विद्युतमा भारतीय लगानी प्रवर्द्धन, भारतसँग भएका सम्झौताहरूको कार्यान्वयन, सीमा विवाद, नाकाहरू सञ्चालनलगायतका बारेमा छलफल भएकाे छ ।

भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल लगायत हुनुहुन्छ ।

प्रधानमन्त्री प्रचण्ड आउँदाे शनिवार स्वदेश फर्किने तालिका रहेकाे छ ।

सबै तस्बिर : रासस

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया