भारतकाे ओडिसामा रेल दुर्घटना हुँदा ५० जनाको ज्यान गयो, तीन सय ५० भन्दा धेरै घाइते

 जेठ २०, २०८० शनिबार ६:३३:१७ | एजेन्सी
unn.prixa.net

भारतको ओडिसा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा कम्तीमा पचास जनाको ज्यान गएको छ । यस्तै तीन सय ५० जना भन्दा बढी घाइते भएका बीबीसीले जनाएको छ । गएराति चेन्नाइबाट हाउडाको लागि गइरहेको कोरोमंडल एक्सप्रेस ट्रेन एक मालगाडीसँग ठोक्किँदा दुर्घटना भएको बताइएको छ । 

भारतका रेल मन्त्री अश्विनी वैष्णव आफै दुर्घटना क्षेत्रमा पुग्नुभएको छ । उहाँले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ भने ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिपरिवार दश लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ । यस्तै गम्भीर घाइते भएकाहरुलाई दुई लाख रुपैयाँ तथा सामान्य घाइते भएकाहरुलाई पचास हजार रुपैयाँ प्रदान गर्ने उहाँले बताउनुभएको छ ।

दुर्घटनामा घाइते भएका एक सय ३२ यात्रीको गोपालपुरको एक अस्पतालमा उपचार भइरहेको ओडिसाका मुख्य सचिव प्रदीप जेनाको भनाइलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । यस्तै थप ४७ घाइतेलाई बालासोरका मेडिकल कलेजमा भर्ना गरिएको छ ।


 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया