भक्तपुरमा गुडिरहेको गाडीबाट खसेर एक महिलाको ज्यान गयाे

 जेठ २०, २०८० शनिबार १३:१६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै - भक्तपुरमा गुडिरहेको गाडीबाट खसेर आज एक महिलाको ज्यान गएकाे छ ।

भक्तपुर नगरपालिका–१ सल्लाघारीकाे हनुमन्ते पुलमा राधेराधेबाट निकोसेरा जाँदै गरेको बा २१च ५३०१ नम्बरको गाडीबाट खसेर ४३ वर्षीया महिलाकाे ज्यान गएकाे हाे । ज्यान गुमाउने महिलाकाे परिचय खुल्न बाँकी रहेकाे जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो ।

गाडीबाट खसेर घाइते भएकी महिलाको सल्लाघारीकाे डा इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा ज्यान गएकाे हाे । 

गाडी चालक काभ्रे भुम्लु गाउँपालिका–३ घर भइ अहिले ललितपुर इमाडोल बस्ने ३० वर्षीय सूर्यबहादुर पहरीलाई पक्राउ गरिएकाे केसीले बताउनु भयाे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया