भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिकाे एमालेले संसदमा जवाफ माग्ने

 जेठ २०, २०८० शनिबार १९:५८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा दिएकाे अभिव्यक्तिकाे संसदमा जवाफ माग गर्ने भएको छ ।

शनिवार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणका क्रममा दिएकाे अभिव्यक्तिप्रति संसदमा जवाफ माग गर्ने निर्णय गरेको हो । 

प्रधानमन्त्रीले प्रचण्डले भारत भ्रमणका क्रममा सञ्चारकर्मीहरुसँग फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा याे बाटो उपलब्ध गराए कालापानी र लिपुलेक दिन सकिने भन्ने अभिव्यक्ति दिनुभएको थियो । अहिले प्रधानमन्त्रीको त्याे अभिव्यक्तिको विरोध भइरहेको छ । 

पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले भरत भ्रमणका क्रममा देशहितका कुनै विषय उठान गर्न नसकेको बताउनु भयो । 

उहाँले प्रधानमन्त्रीले भारतभ्रमणअघि संसदमा उठान गर्ने भनेका विषयहरु किन उठाउन नसकेको भन्ने प्रश्न गर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्रीको भारत भ्रमण निराशाजनक भएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले भारत भ्रमणमा देशको हितको पक्षमा बोल्न सक्नुभएन । भ्रमण निराशाजनक छ । संसदमा हामी अब सीमा समस्या, ईपीजीका बारेमा किन बोल्न सक्नुभएन । ईपीजीको प्रतिवेदन बुझ्ने सवालमा किन उहाँले बोल्न सक्नुभएन ? हाम्रो सीमा समस्याका बारेमा किन बोल्न सक्नुभएन ? फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा त्यो बाटो दिए नेपालको भूमीसम्म दिन तयार छौँ भन्ने प्रकारको  अभिव्यक्ति दिनुभयो । यी सबै विषय हामीले सघन ढङ्गले सदनमा उठाउँछौँ । प्रधानमन्त्रीसँग जवाफ माग्छौँ ।’

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया