युनाइटेडलाई हराउँदै म्यानचेस्टर सिटी एफ ए कपको च्याम्पियन

 जेठ २१, २०८० आइतबार ६:९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - म्यानचेस्टर सिटी एफए कपको च्याम्पियन बनेको छ । हिजो भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई २–१ गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो । सिटीका इल्केए गुन्डोगानले दुई गोल गरे ।

युनाइटेडका ब्रुनो फर्नान्डेसले एक गोल फर्काए । वेम्बलीमा खेलको पहिलो मिनेटमा नै गुन्डोगानको गोलबाट सिटीले अग्रता बनाएको थियो । ३३औँ मिनेटमा युनाइटेडका ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गरी खेललाई १–१ गोलको बराबरीमा ल्याए । तर खेलको ५१औँ मिनेटमा गुन्डोगानले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल हुन सकेन । सिटीको यो सिजनको दोस्रो उपाधि हो ।

यसअघि सिटीले प्रिमियर लिगको उपाधि जितिसकेको छ । अब सिटीले यूईएफए च्याम्पियन्स लिगको फाइनलमा इटालियन क्लब इन्टर मिलानसँग खेल्नेछ । जुन ११ तारिखमा हुने खेलमा इन्टर मिलानलाई हराउन सके सिटीले तीन वटा उपाधि जित्नेछ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया