विद्यार्थी बिरामी परेपछि ताप्लेजुङको चागे विद्यालय एक हप्ताका लागि बन्द

 जेठ २१, २०८० आइतबार ८:३६:५६ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ मा रहेको चागे माध्यमिक विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ । विद्यालयका ५० जनाभन्दा धेरै विद्यार्थी बिरामी परेपछि विद्यालय बन्द गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक केशवप्रसाद गौतमका अनुसार विद्यार्थी बिरामी हुन थालेपछि आउँदो शुक्रवारसम्म विद्यालय बन्द गरिएको छ । विद्यार्थीलाई ज्वरोसहित शरीरमा फोका आएकाले विद्यालय बन्द गरिएकाे उहाँले बताउनु भयाे । 

उनीहरुमा दादुरा या ठेउलाको सङ्क्रमण हुन सक्ने जिल्लास्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ । गर्मीमा दादुरा र ठेउलाको सङ्क्रमण धेरै देखिने गरेको छ । साथै एक जनालाई देखिएमा बिरामीको सम्पर्कमा रहने अरुलाई पनि सर्ने सम्भावना हुन्छ । 

तस्बिर : विष्णु आङ्बुहाङ लिम्बूकाे फेसबुक

अन्तिम अपडेट: चैत १४, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया