तीन दलकाे नाराबाजीपछि प्रतिनिधि सभा बैठक एक घण्टाका लागि स्थगित

 जेठ २१, २०८० आइतबार १३:२१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायत दलले नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ । 

नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणकाे विषयमा छलफल गर्नुपर्ने भन्दै एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीले नाराबाजी गरेपछि संसद् बैठक स्थगित भएकाे हाे । 

नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीको भर्खरैकाे भारत भ्रमणबारे विपक्षी दलहरूले जवाफ मागेका छन् । एमालेका प्रमुख सचेतक पदम गिरीले संवैधानिक प्रक्रिया अनुरूप संसदमा नयाँ नागरिकता विधेयक दर्ता गर्न माग गर्नुभयो ।  

संसदमा नयाँ नागरिकता विधेयक दर्ता भएपछि दिनरात छलफल गरेर भए पनि एक हप्ताभित्र नयाँ विधेयक पारित गरेर नागरिकता प्रदान गर्ने काम अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सरकारले संविधानको मर्म विपरीत नागरिकता विधेयक ल्याएको प्रमुख सचेतक गिरीले आरोप लगाउनुभयो ।

 

यस्तै एमालेले राष्ट्रिय सभाको बैठकमा पनि अवराेध गरेकाे छ । एमालेकाे अवराेधपछि बैठक आजै २९ मिनेटपछि बस्ने गरी स्थगित भएको छ ।

अन्तिम अपडेट: चैत १७, २०८०

तपाईको प्रतिक्रिया