एमाले, रास्वपा र राप्रपाको विरोधपछि संसद् बैठक भोलिसम्मका लागि स्थगित

 जेठ २१, २०८० आइतबार १५:५३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक भोलि साेमवारसम्मका लागि स्थगित भएको छ ।

नागरिकता विधेयक र प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा विरोध जनाउँदै तीन दलले बैठक चल्न नदिएपछि सभामुख देवराज घिमिरेले आज आइतवार एक घण्टाका लागि बैठक स्थगित गर्नुभएको थियो । तर दलहरूले सरकारले माफी नमागेसम्म बैठक चल्न नदिने अडान लिएपछि अर्को बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ ।

आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि पेस भएको बजेटमाथि आजदेखि संसद् बैठकमा छलफल हुने तालिका थियो तर दलहरूको बैठकले बजेट छलफल प्रभावित भएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया