पुलिसले मच्छिन्द्रलाई हराउँदा चर्च ब्वाइजलाई फाइदा, उपाधि जित्न एक जित पर्याप्त

 जेठ २१, २०८० आइतबार १७:३८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले मच्छिन्द्र फुटबल क्लबलाई हराएको छ । 

आज आइतवार ललितपुरको च्यासल मैदानमा भएको खेलमा पुलिसले मच्छिन्द्रलाई २–१ गोलले हरायो । पुलिसका मोसेस ग्याबाह त्वामले दुई गोल गरे । मच्छिन्द्रका आफिज ओलावालेले गोल गरे । याे जितसँगै पुलिस ३७ अङ्कसहित चौथौ स्थानमा पुगेको छ । मच्छिन्द्र ३९ अङ्कसहित दोस्रो स्थानमा छ । 

पुलिस क्लबको जितपछि शीर्ष स्थानको चर्च ब्वाइजलाई उपाधि जित्न सहज भएको छ । चर्च ब्वाइजले अब एक खेल जितेमा उपाधि जित्नेछ । 

आजै दशरथ रङ्गशालामा भएको खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले १–१ गोलको बराबरी खेलेका छन् । हिमालयन शेर्पाका लागि दिवस उराउ र एनआरटीका लागि दिपेश आलेमगरले गाेल गरे ।  एनआरटी ३० अङ्कसहित दशाैँ र हिमालयन शेर्पा ३१ अङ्कसहित सातौँ स्थानमा छ ।

यस्तै आजै एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा सङ्कटा क्लबले एफसी खुमलटारलाई ३–० गोलले हरायो । सङ्कटाका लागि निशान खड्का, आयुष घलान र चन्दनकुमार दासले गाेल गरे ।

पुछारमा रहेको खुमलटारलाई आजको हारपछि 'रेलिगेशन जाेन' बाट माथि उठ्न निकै गाह्रो देखिएको छ । सङ्कटा ३० अङ्कसहित ११ औँ स्थानमा छ । खुमलटारकाे २४ अङ्क छ ।

अन्तिम अपडेट: असार २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया