२० वर्षमुनिकाे महिला एसियन कप छनोटमा नेपालले आज म्यानमारसँग खेल्दै

 जेठ २३, २०८० मंगलबार ६:२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एएफसी २० वर्षमुनिकाे महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज मङ्गलवार घरेलु टोली म्यानमारसँग खेल्दैछ । नेपाल र म्यानमारबीचको खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ ।

छनोटको समूह 'बी' मा नेपाल, म्यानमार, चीन र चाइनिज ताइपेई रहेका छन् । नेपालले पर्सि बिहीवार चीन र शनिवार चाइनिज ताइपेईसँग खेल्नेछ । नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको थियो ।

नेपाली टोलीका प्रशिक्षक यमप्रसाद गुरुङले पहिलो चरणको सफलताले मनोबल बढाएको र अबका हरेक खेल जित्नकै लागि खेल्ने बताउनुभएको छ । उत्कृष्ट चार टोलीले उज्बेकिस्तानमा हुने २० वर्षमुनिकाे महिला एसियन कप खेल्नेछ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया