'ए' डिभिजन लिग : च्याम्पियन बन्न चर्च ब्वाइजलाई १ अङ्क आवश्यक

 जेठ २३, २०८० मंगलबार ८:३५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज मङ्गलवार चार वटा खेल हुँदैछन् । दशरथ रङ्गशालामा आज हुने पहिलो खेलमा दिउँसो ३ बजे नवप्रवेशी चर्च ब्वाइज र थ्री स्टार क्लब खेल्दैछन् ।

चर्च ब्वाइज २४ खेलमा ४४ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । चर्च ब्वाइजलाई उपाधि जित्न एक अङ्क आवश्यक छ । आजको खेलमा बराबरी मात्र भए पनि चर्च ब्वाइज च्याम्पियन बन्नेछ । थ्री स्टार २४ खेलमा २८ अङ्कका साथ १२ औँ स्थानमा छ ।

आजै च्यासल मैदानमा दिउँसो ३ बजे खुमलटार र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै एन्फा कम्प्लेक्समा पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । पुलिस र आर्मीको खेल दिउँसो ३ बजे हुनेछ । आज हुने अर्को खेलमा बेलुका ६ बजे दशरथ रङ्गशालामा सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब खेल्दैछन् ।

१४ टोली सहभागी 'ए' डिभिजन लिगको पुछारका दुई वटा टोली 'रेलिगेशन जाेन' मा परेर 'बी' डिभिजनमा घटुवा हुनेछन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया