पाेखराकाे छुट्टाछुट्टै ठाउँमा दुई जनाकाे शव फेला

 जेठ २३, २०८० मंगलबार १४:०:१४ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पाेखराकाे दुई छुट्टाछुट्टै ठाउँमा दुई जनाकाे शव फेला परेकाे छ। पोखराको फेवाताल र पोखरा-१४ मा रहेकाे एक नहरमा एक/एक जना मृत फेला परेका प्रहरीले जनाएकाे हाे ।

पाेखरा-११ फूलबारीका ४२ वर्षीय रिखीराम शर्मा पौडेलकाे शव नहरमा फेला परेकाे हाे । फेवातालमा भेटिएकाे शवको भने पहिचान खुल्न बाँकी रहेकाे प्रहरीले जनाएकाे छ । 

दुवै घटनाको अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिनुभयाे । पोष्टमार्टका लागि दुवैकाे शव पश्चिमाचल क्षेत्रीय अस्पतालमा राखिएकाे उहाँले बताउनु भयाे । 

अन्तिम अपडेट: चैत २७, २०८०

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया