शेयर बजार साढे २५ अङ्कले बढ्यो, झण्डै दुई अर्ब रुपैयाँको कारोबार

 जेठ २३, २०८० मंगलबार १५:२०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हिजो दोहोरो अङ्कले घटेको शेयरबजार आज दोहोरै अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ६६ अङ्कले बढेर एक हजार नौ सय २७ दशमलव ६५ बिन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेकोमा होटल र बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । दुई सय ६९ वटा कम्पनीका ५५ लाख ४१ हजार कित्ता शेयर एक अर्ब ९८ करोड १० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको नौ करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै न्यादी जलविद्युत् कम्पनीको शेयर झण्डै १० प्रतिशत र सोल्टी होटलको शेयर झण्डै नौ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर साढे दुई प्रतिशतले घटेको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया