याे सरकारले देश र नागरिककाे हितमा काम गरेन : ओली
असोज १२, २०८० शुक्रबार
युक्रेनको रुस नियन्त्रित क्षेत्र खेरसनमा रहेको नोभा काखोभ्का बाँधमा विस्फोट भएको छ । विस्फोटका कारण बाँध भत्किएपछि युक्रेनी सेनाले दिनप्रो नदीमा बाढी आउनसक्ने भन्दै आसपासका बस्तीका मानिसहरूलाई सुरक्षित ठाउँमा जान सुझाव दिएको बीबीसीले जनाएको छ ।
बाँधमा विस्फोट गराएको बारेमा रुस र युक्रेनले एक अर्कालाई आरोप लगाइरहेका छन् । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आपत्कालीन बैठक बोलाएर घटनाबारेमा निन्दा गर्नुभएको छ ।
रुसले बाँध भत्काएको आरोप लगाउँदै युक्रेनले यसबाट ठूलो पर्यावरणीय नोक्सान हुने पनि बताएको छ । तर रुसको रक्षा मन्त्रालयका प्रवक्ता दिमित्री पेस्कोभले बाँध युक्रेनले नै ध्वस्त पारेको आराेप लगाउनुभएको छ ।
यसैबीच बेलायती विदेशमन्त्री जेम्स क्लेभरलीले विज्ञप्ति निकालेर बाँधमा गरेको विस्फोट एउटा घृणित कार्य भएको भन्दै नियतवश पूर्वाधारमा आक्रमण गर्नु युद्ध अपराध भएको उल्लेख गर्नुभएको छ ।
युरोपियन युनियन प्रमुख चार्ल्स माइकेलले घटनाबाट आफू स्तब्ध भएको भन्दै यसप्रति रुस जिम्मेवार हुने बताउनुभएको छ । यस्तै, उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले बाँधमा भएको विस्फोटको घटनाले रुसको क्रुरतालाई फेरि एक पटक छताछुल्ल पारेको बताउनुभएको छ ।