अफ्रिकी देश घानाबाट नर्सहरूको पलायन बढ्दो

 जेठ २४, २०८० बुधबार ६:३३:५८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – पश्चिम अफ्रिकी देश घानाबाट नर्सहरुको पलायन बढ्दै गएको छ ।

सन् २०२२ मा घानाका एक हजार दुई सय जना भन्दा धेरै नर्सहरू बेलायतमा नर्सिङ सेवाका लागि दर्ता भएको तथ्याङ्क छ ।

नर्स र कुल जनसङ्ख्याको अनुपात कम भएका जोखिमयुक्त देशहरूको सूचीमा घाना ५५औँ स्थानमा पर्छ ।

बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) पदपूर्तिका लागि ईयू सदस्य देशहरु भन्दा अन्य देशका जनशक्तिमा भर परेको छ ।

विश्वको सबैभन्दा ठूलो नर्सिङ समूह इन्टरनेशनल काउन्सिल अफ नर्सेस (आईसीएन)का प्रमुख हवार्ड क्याटन घानाजस्ता गरिब देशबाट बाहिरिने जनशक्तिको सङ्ख्यालाई लिएर चिन्ता गर्नुपर्ने अवस्था आएको बताउनुहुन्छ ।

उच्च आय भएका देशहरूले गरिब देशबाट नर्सहरू भित्र्याउने क्रम बढ्दै गएको छ।

दक्ष जनशक्ति पलायन भएका कारण ती गरिब देशहरुको स्वास्थ्य प्रणाली बिग्रँदो छ । 

मुख्य गरी विशेषज्ञ नर्सहरूले अन्य देशमा राम्रो पारिश्रमिकका लागि देश छाडिरहेका बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया