‘ए’ डिभिजन लिगमा आज हिमालयन शेर्पा र मछिन्द्र, संकटा र फ्रेन्ड्स तथा मनाङ र एनआरटी क्लबबीच खेल हुँदै

 जेठ २४, २०८० बुधबार ७:४५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् ।

दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र मछिन्द्र फुटबल क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ ।

हिमालयन शेर्पा २४ खेलमा ३१ अङ्क जोडेर आठौँ स्थानमा छ । समान खेलमा मछिन्द्र ३९ अङ्कका साथ दोस्रो स्थानमा छ ।

रंगशालामा हुने आजको दोस्रो खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लब खेल्दैछन् । यो खेल बेलुका ६ बजे सुरु हुनेछ ।

संकटा २४ खेलमा ३० अङ्क जोडेर दशौँ स्थानमा र फ्रेन्ड्स समान २४ खेलमा २६ अङ्कका साथ पुछारमा छ ।

यस्तै च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम (एनआरटी) बीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ ।

मनाङ २४ खेलमा ३२ अङ्क जोडेर छैटाैँ स्थानमा तथा एनआरटी समान खेलमा ३० अङ्कका साथ ११ औँ स्थानमा छ ।

लिगको अन्तिम खेल अघि नै चर्च ब्वाइज युनाइटेडले उपाधि जितेको छ । चर्च ब्वाइज ‘ए’ डिभिजन लिगको पहिलो सहभागितामा नै च्याम्पियन बन्न सफल भयो ।

१४ टोली सहभागी ‘ए’ डिभिजन लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया