शेयर बजार सामान्य बढ्यो, २ अर्ब ३६ करोड रुपैयाँको कारोबार

 जेठ २४, २०८० बुधबार १५:१४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज बुधवार सामान्य बढेको छ । हिजो मङ्गलवार २५ दशमलव ६६ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ६८ अङ्कले बढेर एक हजार नाै सय ३२ दशमलव ३३ अङ्कमा पुगेको छ ।

आज व्यापार समूहको शेयर उच्च अङ्कले बढेको छ । आज कारोबार रकम पनि बढेको छ । दुई सय ६१ वटा कम्पनीका ६५ लाख ६१ हजार कित्ता शेयर दुई अर्ब ३६ करोड ८८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको १० करोड १३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्तकाे शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सिद्धार्थ इक्युटी फन्डकाे शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया