मच्छिन्द्र बन्याे 'ए' डिभिजन लिगकाे उपविजेता

 जेठ २४, २०८० बुधबार १७:५४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – मच्छिन्द्र फुटबल क्लब शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल २०७९ को उपविजेता बनेको छ ।

आज बुधवार दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्र क्लबले हिमालयन शेर्पा क्लबलाई ३–१ गोलले हराउँदै उपविजेता बनेको हो । मच्छिन्द्रका हाफिल ओलावालेले २ र विमल घर्तीमगरले १ गोल गरे । हिमालयनका लागि पिस्तोने मुताम्बाले गाेल गरे ।

याे जितसँगै मच्छिन्द्रको ४२ अङ्क भएको छ । हिमालयन शेर्पा ३१ अङ्कसहित तालिकाकाे नवौँ स्थानमा छ ।

आजै च्यासल मैदानमा भएको खेलमा न्युरोड टिम (एनआरटी) ले मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोलले हराएको छ । एनआरटीका लागि दिपेश आलेमगरले गोल गरे । जितसँगै एनआरटी ३३ अङ्कका साथ छैटाैँ स्थानमा उक्लिएको छ र रेलिगेशनमा नपर्ने पक्का भएको छ । ३२ अङ्क भएको मनाङ सातौँ स्थानमा छ ।

अहिले दशरथ रङ्गशालामा सङ्कटा क्लब र फ्रेन्ड्स क्लब खेलिरहेका छन् । सङ्कटा २४ खेलमा ३० अङ्क जोडेर दशौँ स्थानमा र फ्रेन्ड्स समान खेलमा २६ अङ्कका साथ पुछारमा छ । लिगको अन्तिम खेलअघि नै चर्च ब्वाइज युनाइटेडले उपाधि जितिसकेको छ ।

१४ टोली सहभागी 'ए' डिभिजन लिगको पुछारका दुई वटा टोली 'रेलिगेशन जाेन' मा परेर 'बी' डिभिजनमा घटुवा हुनेछन् । खुमलटार, फेन्ड्स र थ्री स्टार क्लबलाई रेलिगेशनको डर छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया