जडीबुटीमा अरनिको यातायातले बनाएको बसपार्क नभत्काउन उच्च अदाल...
असोज १२, २०८० शुक्रबार
काठमाण्डाै – राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले प्रतिनिधि सभा सदस्यको सङ्ख्या घटाउन प्रस्ताव गर्नुभएको छ ।
बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा आउँदाे आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल गर्दै देवकाेटाले यस्ताे प्रस्ताव गर्नुभएकाे हाे । उहाँले प्रतिनिधि सभा धेरै ठूलो भएको र सङ्ख्याले पनि व्यवस्थापन गर्न गाह्रो भएको भन्दै सङ्ख्या घटाउने गरी संविधान संशोधनको विधि अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गर्नुभयो । उहाँले प्रतिनिधि सभा सदस्यको सङ्ख्या एक सय ६५ मा मात्रै सीमित गर्न सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभा धेरै ठूलो भयो, सङ्ख्याले पनि व्यवस्थापन गर्न गाह्रो भयो, प्रतिनिधि सभाको दुई सय ७५ लाई घटाएर एक सय ६५ मा मात्रै सीमित गर्ने गरी तुरुन्त संविधान संशोधनको विधि अघि बढाउनुपर्छ । बजेटमा मलाई उत्साह, उमङ्ग र जाँगर आएन । बजेटको अनुसूची हेर्ने हो भने मन्त्रालयको विनियोजन हेर्दा झन्डै दुई तिहाइभन्दा बढी मन्त्रालयको बजेट केन्द्रीकृत छ, त्यस कारण केन्द्रीकृत सोच र मानसिकताबाट बजेट बनाइएको छ ।’
सांसद देवकाेटाले बजेट सङ्घीयताको दृष्टिले सन्तोषजनक नरहेको बताउनुभयो । प्रदेश र पालिकाले पाउनुपर्ने अनुदान घटाइनु, चिहानमा पुगिसकेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई अघि बढाउनु गलत रहेको बताउनुभयो ।