दाङकाे बंगलाचुलीमा एकै परिवारका ४ सहित १२ जनामा दादुरा सङ्क्रमण

 जेठ २५, २०८० बिहिबार १४:३७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ – दाङको बंगलाचुली गाउँपालिकाको हाँसीपुरमा एकै परिवारका चारसहित १२ जनामा दादुरा सङ्क्रमण देखिएको छ । 

परिवारका चार जनामध्ये एक जनालाई आँखाको समस्या र अन्यलाई पखालाको समस्या देखा परेपछि डाक्टरसहितको टोली गएर नमुना सङ्कलन गर्दा हाँसीपुरमा १२ जना दादुराका बिरामी भेटिएका स्वास्थ्य कार्यालय दाङका प्रमुख डम्बर कुँवरले बताउनुभयो । अझै केही बिरामीको रिपोर्ट आउन बाँकी रहेकाले दादुराका बिरामीकाे सङ्ख्या बढ्न सक्ने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया