फ्रान्समा ३ वर्षमुनिका ५ जना बालबालिकामाथि चक्कु प्रहार, आक्रमणकारी पक्राउ

 जेठ २५, २०८० बिहिबार १७:८:१४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

फ्रान्समा ३ वर्षमुनिका ५ जना बालबालिकामाथि चक्कु प्रहार भएको छ । फ्रान्सेली आल्प्सको एन्नेसी सहरमा एक जना वयस्कसहित छ जना बालबालिकामाथि चक्कु प्रहार भएकाे हाे ।

आज बिहीवार बिहान सहरको ताल नजिकैको उद्यानमा चक्कु बोकेर हिँडेका एक व्यक्तिले एक जना वयस्क र तीन वर्ष उमेर समूहका बालबालिकामाथि अन्धाधुन्ध आक्रमण गरेर घाइते बनाएका एक स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ र उनी फ्रान्समा शरण चाहने सिरियाली नागरिक भएको बताइएको छ । घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । 

आक्रमणको खबर सार्वजनिक भएपछि राष्ट्रिय संसदमा सदस्यहरू एक मिनेट मौन भएका थिए । राष्ट्रपति इम्यानुएल म्याक्रोँले आक्रमणको निन्दा गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया